थप १,६४० जनामा सङ्क्रमण पुष्टी, १० को मृत्यु



२३ भदाै । पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार विगत २४ घण्टामा १३ हजार ४५५ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

नेपालमा हाल सक्रिय सङ्क्रमितकाे सङ्ख्यामा २९ हजार ४७९ रहेकाे छ । यस्तै पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका १७ जिल्ला छन् ।


यस्तै पछिल्लाे २४ घण्टामा थप २ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३३ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै गत २४ घण्टामा थप १० जनाको काराेना सङ्क्रमणका कारण ज्यान गएको छ । हालसम्म १० हजार ८८९ जनाको सङ्क्रमणका कारण ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६७ जनाको सङ्क्रमणका कारण मृत्यु हुने गरेकाे मन्त्रालयले जनाएको छ ।