बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा



१६ भदाै । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले एमाले छाेडेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।


विकासमन्त्री खनाल सहित प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका थिए ।