सर्वोच्चद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार



८ असाेज । राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले कारण देखाउ आदेश र लिखित जवाफ माग्दै तत्काल अन्तरिम आदेश नहुने भनेको हो ।

सर्वोच्चले अध्यादेशको औचित्यबारे जवाफ दिन सबै विपक्षीहरुका नाममा आदेश जारी गरेको छ । अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुसाल, निवेश लम्साललगायतले भदौ ४ गते दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो।