थप २००४ जनामा सङ्क्रमण पुष्टी, १६ को मृत्यु



१७ भदाै । पछिल्लाे २४ घण्टामा थप दुई हजार चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।कुल १४ हजार ६५० जनामा परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण देखिएको हो । नेपालमा हाल सक्रिय सङ्क्रमितकाे संख्या ३३ हजार ९४६ जना रहेका छ ।

यस्तै थप एक हजार ८४६ जना सङ्क्रमणबाट निको भई आज घर फर्किएका छन् । अहिलेसम्म ७ लाख २१ हजार १८२ जना निको भई घर फर्किएका हुन् ।


यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा थप १६ जनाको ज्यान गएको छ । अहिलेसम्म काराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या १० हजार ७८६ पुगेकाे छ । नेपालमा प्रतिदश लाखमा ३६३.५ जनाको सङ्क्रमणका कारणले मृत्यु हुने गरेको छ ।

यस्तै ५४४ जना सघन उपचार कक्ष, १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ होम आइसोलेसन, २ हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । ५०० भन्दाबढी सङ्क्रमित हुने जिल्ला १९ वटा रहेका छन् । आज एक लाख १७ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।