थप १८९७ जनामा सङ्क्रमण पुष्टी, २० को मृत्यु



२१ भदाै । पछिल्लाे २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ९७९ जनामा परीक्षण गर्दा साे सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

नेपालमा हाल ३० हजार ९७३ जना सक्रिय सङ्क्रमित रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । नेपालमा सक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।


यस्तै पछिल्लाे २४ घण्टामा १ हजार ७४३ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ७ लाख २८ हजार ९२८ सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.६ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ८५८ जनाको काराेना सङ्क्रमणका कारण ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६६ जनाको सङ्क्रमणका कारणले मृत्यु हुने गरेको छ ।

यस्तै ५१२ जना सघन उपचार कक्ष (आइसीयु), १६३ भेन्टिलेटर, २८ हजार ९११ जना होम आइसोलेशन, दुई हजार ६२ संस्थागत आइसोलेशन र २६० जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा १९ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला रहेका छन् ।

आज १ लाख ७ हजार २७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ५५ लाख ७३ हजार ४१९ पहिलो मात्रा खोप र ४९ लाख ६२ हजार ७५९ पूर्ण मात्राको खोप लगाएका सकेका छन् ।