थप १२७१ जनामा सङ्क्रमण पुष्टी, १४ को मृत्यु



२४ भदाै । पछिल्लाे २४ घण्टामा थप १ हजार २७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९.४ प्रतिशत पुगेको ।

नेपालमा हाल सक्रिय सङ्क्रमित २८ हजार ६७८ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १६ रहेका छन् ।


यस्तै गत २४ घण्टामा थप १ हजार ८४५ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ७ लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९०३ जनाको काराेना सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।

हाल ४५८ जना सघन उपचार कक्ष, १३९ जना भेन्टिलेटर, २६ हजार ८८६ जना होमआइसोलेशन, १ हजार ७९२ जना संस्थागत आइसोलेशन र २६१ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा आज ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन ।