थप ११५७ जना सङ्क्रमित, ८ काे मृत्यु



२१ असाेज । पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना परीक्षण गर्दा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार १९३ पुगेको छ । उनका अनुसार ५०० बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० बढी सङ्क्रमित भएका जिल्ला १९ छन् ।


सो अवधिमा एक हजार ११३ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने सात लाख ६४ हजार ८४७ छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १२३ को मृत्यु भइसकेको छ ।

हाल देशभर ३५४ जना सघन उपचार कक्ष (आइसियु), ९९ भेन्टिलेटर, १६ हजार ८७८ होम आइसोलेशन, एक हजार ३१५ जना संस्थागत आइसोलेशन र २४४ जना क्वारेन्टिनमा छन् ।

आज दुई लाख ८६ हजार १४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ७२ लाख १४ हजार ७४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार एकले पूर्ण मात्राको खोप लगाएका छन् ।