चीनबाट आयो ४४ लाख मात्रा भेरोसेल खोप



१ असाेज । सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएकोे जानकारी दिए । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो ।

सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो । खोप लिनका लागि हिजो राति ११ बजे वाइडबडी विमान चीनतर्फ गएको थियो । आज आएकोसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख खोप आइसकेको छ ।