किशुनजीलाई प्रधानमन्त्री बनाउने रुकु राजा



उसो त उनी राजनीतिक बिरासत लिएरै जन्मेका थिए । संस्थापक काँग्रेस नेता सुर्वण शम्शेरका कान्छा सुपुत्रका रुपमा राजनीतिक कुल खान्दानमा जन्मेकाले उनी जन्मजातै काँग्रेसी भए । त्यसैले राजनीति उनका लागि स्वतःसिद्ध कर्म थियो । तर एकवारको जिन्दगीमा उनी सक्कली काँग्रेसीमा मात्र सीमित रहेन्न, भएन्न ।

बहुआयमिक व्यक्तित्वका पर्याय पात्रका रुपमा आफ्नो सम्पूर्ण जीवन समाजसेवा, राजनीति, व्यापार, कुटनीति र खेलकुदमा बिताए उनले । त्यसैले २०७८ साल भदौं २६ गते शनिवार आफ्नै बत्तिसपुतलीस्थित निवासमा अन्तिम प्राणत्याग गरेपछि उनको शोकमा अहिले समाजको सबै अंग दुखित र भावविव्हल छ ।


हो, रुकम शम्शेर राणा अर्थात नेपाली खेलकुदमा जेन्टेलमेन नेता गुमाएकोमा नेपाली खेलक्षेत्र स्तव्ध छ । उनले नेपाली खेलकुदको सबैभन्दा सर्वोच्च प्रशासनीक निकाय राष्ट्रिय खेलकुद परिषदलाई पंचायतको पतनपछि लामो समयसम्म नेतृत्व प्रदान गरेका थिए । २०५१ र २०५४ मा दुइ कार्यकाल राखेप सदस्य सचिवका रुपमा वेदाग छवी र खेलाडीको उत्थानका लागि सत्कर्म मात्र गरेका कारण नेपालको खेलकुद जगतले उनलाई सधै भद्र रुकु राजाको रुपमा मान, सम्मान र श्रद्धा गरिरहयो ।

खेलकुदको अन्र्तराष्ट्रिय निकाय ओलम्पिक कमिटीमा पनि धेरै कार्यकाल उनले कप्तान वा टीम मेम्वरका रुपमा बिताए । रुकु राजाले नेपाली खेलकुदलाई अन्र्तराष्ट्रिय जगतसम्म फैलाउन नेपाल ओलम्पिक कमिटीको सबैभन्दा असल र सफल खेल नेताको रुपमा आफ्नो भूमिका निभाए । एनओसी र ओसिए र आईओसीले हिमालयको देश नेपालबाट सदा उच्च मर्यादाका साथ स्मरण र सम्मान गर्ने नेपाली खेलनेता उनै थिए रुकम शम्शेर राणा अर्थात रुकु राजा । एन्फामा पनि संकटका बेला उनले नेतृत्व दिएका थिए भने अन्य खेल संघहरुमा पनि उनी अध्यक्ष रहेका थिए ।

नेपालको सत्ता राजनीतिमा सदाबहार जस्तै जोडिने लोकतान्त्रिक दल काँग्रेसका उनी प्रभावशाली नेता थिए । उनले संस्थापक काँगे्रस सभापति स्व. कृष्णप्रसाद भट्टराईलाई पर्साबाट २०५६ को आम चुनाव जिताउन आफ्नो साँसद उम्मेदवारी नै फित्र्ता लिएका थिए । पर्सामा आफूले पाएको र जित्ने निश्चित भएको साँसद पद उनले शन्त नेता किशुनजीलाई त्यागीदिएर किशुनजीलाई देशको कार्यकारी प्रधानमन्त्री हुने सुनौलो मौका प्रदान गरेका थिए । त्यसैकारण राजनीतिमा लिन मात्र जान्नेहरुका लागि रुकु राजा भने त्याग गर्ने र दिन जान्ने दानवीर नेता थिए । भद्र रुकु राजाको त्यागमा शन्त नेता किशुनजीले पर्साबाट साँसद हुने मौका पाए, र लगत्तै २०५६ मा देशको प्रधानमन्त्री भएका थिए । भलै किशुनजीको तत्कालिन सरकार गिरीजाप्रसाद कोईरालाले नै ढालिदिएका थिए ।


कुटनीतिक रुपमा भारतका लागि नेपालका राजदूत रहेका रुकु राजाले नेपाल भारत वीचको जनस्तर र दुई देश वीचको संवन्धलाई थप बलियो बनाउन निकै कसरत गरे । प्रतिकुल सरकार हुदा पनि उनले भारतसंग नेपालको कुटनीतिक संवन्धलाई कम्तिमा आफ्नो कार्यकालभरी बिबादरहित रुपमा सफल पारे । उनी सफल महामहीमका रुपमा नै रहे ।

डाबर नेपाल जस्तो बहुराष्ट्रिय कम्पनिका संस्थापक व्यवसायीका रुपमा उनी सबैभन्दा सफल नेपाली व्यवसायी रहे । उनले डाबर नेपालको स्थापना, संचालन तथा रोजगारी र व्यवसाय बढवामा दिएको योगदान नेपालको व्यापारिक जगतले कहिल्यै नभुल्ने गुण नै हो । नेपाल भारत चेम्वर्स अफ कमर्शमा अध्यक्षता गरेर उनले दुइ द्रश वीचकाे संवन्धमा नयाँ उचाइ दिए । समग्रमा, एकवारको जुनी उनले दिएर, हाँसेर र रमाएर बाँचे । जन्मेपछि मर्नु त हर मानवचोलाको अकाट्य सत्य हो ।

तर रुकु राजाले बाँचेको बहुआयामिक व्यक्तित्व भने सबैका लागि प्रेरणा र हौसलापूर्ण रहयो । त्यसैले स्वर्गमा पनि शान्ति मिलोस महान व्यक्तित्व रुकु राजालाई भन्नु अतिशयोक्ति हुने छैन । शोकसन्तप्त परिवारजनमा परेको बज्रपातका लागि हार्दिक समवेदना । जीवन बाँँचोसा जो कसैले रुकु राजा जस्तो । अलबिदा रुकु राजा ।