काठमाडौंका सीडीओ फेरिए



२२ भदाै । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको हाे । गृहमन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई हटाएर उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रजिअको जिम्मा दिएको हो । 

पराजुली गत वर्ष मंसिरमा काठमाडौंका सिडिओ बनेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा काठमाडौंका सिडिओ बनेका पराजुलीलाई नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रालय तानेको हो ।