कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्दै



२१ भदाै । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश, बजेटलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिए ।