काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा



२४ भदौ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली काँग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

सुन्दरीजलको माटो र विपी गणेशमान सिंहमा शीर राखेर उम्मेदवारी घोषणा गर्ने योजनाअनुरुप आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए ।‘महामन्त्रीमा मेरो उम्मेदवारी काँग्रेसलाई लगातार १५ वर्षसम्म सरकारको नेतृत्व गराएर बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न हाे । म महामन्त्री भएर त्यसको लागि लागिपर्नेछु ।’, शर्माले भने ।