कपनको ढलमा खसेर हराएका बालकको शव ललितपुरमा फेला



१० असाेज । कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेलस्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् । शव बागमती नदि किनाराबाट मुल सडक सम्म ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा ल्याइने एसएसपी बज्राचार्यले बताइन् । 


‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले भनिन्, ‘टिकाभैरवसम्म बोकेर ल्याउँदैछन्, त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ ।’