एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुखविरुद्ध नाराबाजी



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिध सभाको बैठक अवरुद्ध गरेको छ।

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।


उनीहरुले सभामुखको व्यवहार मुर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन् ।

एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे संगै संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।