एमालेको अवरोधबीच बसेको संसद बैठक बिहीबारसम्म स्थगित



११ असाेज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बसेको प्रतिनिधिसभा बैठक केहीबेर बसेर स्थगित भएको छ ।

दिउँसो सवा २ बजे नयाँ बानेश्वरमा बसेको बैठकको सुरूमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए।  तर एमाले सांसदको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए।


त्यसपछि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए।

एमाले सांसदको नाराबाजीबीच तीन वटा कार्यसूचीमा प्रवेश गरेको बैठक सभामुख सापकोटाले असोज १४ गते बिहीबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन्।