अभिनेता सिद्धार्थ शुक्लाको निधन



१७ भदाै । अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । बिग बोस–१३ को बिजेता समेत रहेक शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो । 

बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।


सन् १९८० को डिसेम्बर १२ मा जन्मिएका शुक्ला टेलिभिजन उद्योगमा एक चर्चित अभिनेताका रूपमा स्थापित थिए । टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका उनले बिग बोसको १३ औँ संस्करण पनि जित्न सफल भएका थिए ।

उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय यात्रा सुरू गरेका थिए । उनले टेलिभिजनसँगै बलिउडमा पनि काम गरेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा अभिनय गरेका थिए ।