राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी



६ असाेज । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ।

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको बताएका हुन्। 


बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले अध्यादेशको विषय भोलिसम्म टुंगिने बताएका छन् । कसरी टुंगिन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउँछ ।’

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसदले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गरेको थियो। सरकारले भदौ २ गते जारी भएको अध्यादेश भदौ २३ गते प्रतिनिधि सभामा पेश गरेको थियो।

सरकारले भने अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने विषयमा केही खुलाएको छैन।  

प्रतिनिधि सभाको बैठक भोलि बस्दैछ।