थप २ हजार ५२ जनामा सङ्क्रमण पुष्टी, २० काे मृत्यु



१६ भदाै । पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कुल १४ हजार ९३५ जनामा परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।

यस्तै थप ३ हजार ३० जना सङ्क्रमणबाट निको भएका छन् । अहिलेसम्म सात लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेकाे छ ।


यस्तै विगत २४ घण्टामा थप २० जनाको काराेना सङ्क्रमणबाट ज्यान गएको छ । अहिलेसम्म काराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या १० हजार ७७० पुगेकाे छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले मृत्यु हुने गरेको छ ।

हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन, २ हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।