एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल



७ असाेज । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । एकीकृत समाजवादीको बिहीबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्यासहित नेताहरूको नाममा समझदारी बनाएको हो ।

रामकुमारी झाँक्रीलाई सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको प्रचार विभाग प्रमुख जगन्नानाथ खतिवडाले जानकारी दिए । उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राईमा सहमति जुटेको छ ।


यस्तै उपमहासचिवमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वाला चयन भएका छन् । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७÷७ जना हुनेछन् । त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको बताइएको छ ।