बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त



२ भदाै । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्यले मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन् । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी थिइन् ।