थप ३ हजार ७५ सङ्क्रमित, ३३ को मृत्यु



३ भदाै । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कुल ११ हजार ९४६ पीसीआर परीक्षणमा दुई हजार ३२१ र चार हजार ४९२ एन्टिजेन परीक्षणमा ७५४ जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै पीसीआर परीक्षण गर्दा हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार २२८ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७८ हजार ३७७ छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५०० रहेको छ ।


यस्तै पछिल्लाे २४ घण्टामा थप २ हजार १२६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ६ लाख ९१ हजार २९९ पुगेको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा थप ३३ जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । याे संगै सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल सङ्ख्या १० हजार ४२९ पुगेको छ ।

हाल ३७ हजार ११४ होम आइसोलेसनमा तथा तीन हजार ३८६ जना संस्थागत आइसोलेसनमा छन् । त्यसैगरी ७३९ आइसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म ९१ हजार ११ ले खोप लगाएका छन् ।