आजदेखि १८ वर्षमाथिका विद्यार्थी र ४० वर्षमाथिकाले खोप लगाउन पाउने



४ भदाै । काठमाडौंमा  आजदेखि १८ वर्षमाथिका ‘प्लस टु’ अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

भदौ ४-६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा उक्त तहको परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर पहिलो डोज लिन पाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएकाे छ ।


यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि आजदेखि खोपको पहिलो मात्रा दिइने छ।

काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र निर्धारण गरिएको छ। यस्तै, भीडभाड नहोस् भनेर अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र निर्धारण गरिएको छ। अन्य नगरपालिकाकाे हकमा भने साेही पालिकाले ताेकेकाे खाेप केन्द्र निर्धारण गरीएकाे छ ।

यस्तै सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लिन पाइने छ।