सरकारमा सहभागी हुने माधव नेपालको घोषणा



१० भदाै । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् ।

त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए साथै पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने बताए ।


हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं,’ नेता नेपालले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’

‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’ उनले भने ।