१ हजार ९२० जनामा सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु



६ भदाै । पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २४८ जना कोरोना सङ्क्रमित निको भएकाे मन्त्रालयले जनाएकाे छ । योसँगै सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।


यस्तै पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणका कारण थप २४ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल सङ्ख्या १० हजार ५०२ पुगेकाे छ । । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.४ प्रतिशत रहेकाे छ ।

मन्त्रालयका अनुसार मुलुकभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित छन्। जसमध्ये हाल देशभर ६८१ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। तीमध्ये पनि १६९ जना भेन्टिलेटरको सहायतामा छन्।