पेट्रोलियम पदार्थको फेरि मूल्य वृद्धि



८ भदाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सोमबार मध्यरातिदेखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्ध गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।


यसअघि प्रतिसिलिण्डर एक हजार ४२५ रुपैयाँ मा कारोबार हुँदै आएको थियो । अब ग्याँसको मूल्य प्रतिसिलिण्डर एक हजार ४५० पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।