नारायणगढ–मुग्लिन सडक सुचारु



११ भदाै । गए रातिदेखि पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएलगत्तै शुक्रबार बिहान ९ बजेदेखि सो सडक खण्ड पुनः सञ्चालनमा आएको हो । बिहीवार राति करिव ८ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर–२९ सेतिदोभानमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।