नवलपुर–चौतारा सडक अवरुद्ध



३० साउन । अविरल वर्षाका कारण पहिरा जाँदा नवलपुर–चौतारा सडकखण्ड अवरुद्ध भएको छ । इन्द्रावती गाउँपालिका–२ स्थित बेंशीमा पहिरा गएपछि सडक अवरुद्ध हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिएका छन् ।

सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाङ्ग्रे सवारी छिर्न सक्ने अवस्था नरहेको पनि उनले बताए । निरन्तर रुपमा पहिरा खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न नसकिने इन्द्रावती–२ का वडाध्यक्ष वरिबहादुर तामाङले बताएका छन् ।