थप ४९०४ जनामा सङ्क्रमण, २११५ सङ्क्रमणमुक्त



गत २४ घण्टामा थप ४ हजार ९०४ जनामा सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा साे संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लाे २४ घण्टामा थप २११५ जना संक्रमणमुक्त भएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख ७३ हजार १९८ पुगेकाे छ ।


यस्तै सोही अवधिमा ३५ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या १० हजार १५० पुगेकाे छ ।

हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहँदा १७६ जना भेन्टिलेटर र ७६१ जना आईसीयूमा रहेका छन् । हालसम्म कोरोना निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।