थप ३ हजार २७४ मा सङ्क्रमण पुष्टि, २७ को मृत्यु



१ भदाै । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा २ हजार ४५६ र ६ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ गरी जम्मा ३ हजार २७४ मा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७ लाख ३७ हजार २९४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७६ हजार ८३३ रहेको छ ।


पछिल्लो समय थप १ हजार ९२९ जना काराेना सङ्क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको कुल सङ्ख्या ६ लाख ८७ हजार ६९ पुगेको छ । नेपालमा निको हुने दर ९३.२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । याे संगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या १० हजार ३५४ पुगेको छ । काराेना सङ्क्रमणका कारण हुने मृत्यु दर १.५ प्रतिशत रहेको छ

हाल नेपालमा ३६ हजार ५७५ होम आइसोलेसन, ३ हजार २९६ संस्थागत आइसोलेसमा रहेका छन् । त्यसैगरी ७९० जना आइसियु र १९१ भेन्टिलेटरमा उपचाररत छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ८७१ रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या ४१५ रहेको छ । त्यसैगरी पछिल्लो समय १ लाख ४४ हजार ५२८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।