थप २ हजार ४८२ जनामा सङ्क्रमण पुष्टी, ४४ काे मृत्यु



९ भदाै । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लाे २४ घण्टामा थप १ हजार ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ७ लाख ३ हजार ९६४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.५ प्रतिशत छ ।


हालसम्म नेपालमा ४३ लाख ४ हजार ६७२ जनाको कोरोना परीक्षण भएकामा ८ लाख ३४ हजार ४५० मा सङ्क्रमण देखिएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २८७ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६१२ पुगेको मन्त्रालयले जनाएको छ ।

होम आइसोलेसनमा ३५ हजार २५० छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ३७ छन् । देशभर ६१० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १६१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ५४५ सङ्क्रमित थपिए सो अवधिमा काठमाडौँ उपत्यकामा ५४५ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये काठमाडौँमा ५१५, ललितपुरमा ८८ तथा भक्तपुरमा १४२ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।