थप २ हजार २९५ जनामा सङ्क्रमण पुष्टि, १६ काे मृत्यु



१४ भदाै । पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल १६ हजार २३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ७ लाख ६१ हजार १२४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् । याे संगै सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ७ लाख १४ हजार ५२० पुगेकाे छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ८७४ छ ।


आज कोरोना सङ्क्रमणबाट थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । याे संगै नेपालमा काराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या १० हजार ७३० पुगेकाे छ ।

हाल देशभर होम आइसोलेशनमा ३३ हजार ३३३, आइसीयूमा ५६८ र भेन्टिलेटरमा १६० जना रहेका छन् । पछिल्ला तीन दिनमा पाँच लाख ९७ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।