थप २४३३ जनामा सङ्क्रमण पुष्टी, २६ को मृत्यु



१० भदाै । पछिल्लाे २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कुल १४ हजार ३७४ जनामा परीक्षण गर्दा २ हजार ४३३ जनामा सङ्क्रमण पुष्टी भएकाे हाे । हाल नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३८ हजार ३८४ रहेकाे छ ।

यस्तै गत २४ घण्टामा थप १ हजार ९२९ जना निको भएका छन् । अहिलेसम्म ७ लाख पाँच हजार ८९३ जना निको भइसकेका मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख छ । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।


यस्तै सङ्क्रमणबाट पछिल्लाे २४ घण्टामा थप २६ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल सङ्ख्या १० हजार ६३८ पुगेकाे छ ।

यस्तै ६२० जना सघन उपचार कक्ष, १६५ जना भेन्टिलेटर, ३५ हजार ३५४ जना होम आइसोलेसन, ३ हजार ३० जना संस्थागत आइसोलेसन र ३६६ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।