थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु



११ भदाै । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षणमा साे संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् ।


यस्तै पछिल्लो २४ घण्टामा थप २३३७ जना काेराेना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याेसंगै सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ७ लाख ८ हजार २३० पुगेकाे छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । याेसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ ।