थप १ हजार ८०१ जनामा सङ्क्रमण पुष्टी, २४ काे मृत्यु



७ भदाै । पछिल्लाे २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ८ हजार ७०४ जनाको पीसीआर परीक्षण तथा २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा साे सङ्ख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे ।

नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको कुल सङ्ख्या ८ लाख २९ हजार ४४३ पुगेको छ । पीसीआर विधिबाट एक हजार ५४८ तथा एन्टिजेनबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यस्तै, पछिल्लाे २४ घण्टामा देशभर १ हजार ९२४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ७ लाख ९७ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । निको हुने दर ९३.५ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३५१ रहेको छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा थप २४ जनाकाे कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाे छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६७९ सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७६ सङ्क्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ । काठमाडौँ उपत्यकामा ७०८ सङ्क्रमित काठमाडौँ उपत्यकामा पछिल्लो समय ७०८ सङ्क्रमित थपिएका छन् ।

काठमाडौँमा ४४१, ललितपुरमा १६७ तथा भक्तपुरमा १०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १८२, भक्तपुरमा १ हजार ४११ तथा ललितपुरमा २ हजार २४० रहेको छ ।

बितेका २४ घण्टमा देशभर १२ हजार ३४४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।