थप १,८५७ जनामा सङ्क्रमण पुष्टी, २७ काे मृत्यु



१२ भदाै । पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कुल १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । हालसम्म देशभर कुल ३६ हजार ८६६ सक्रिय सङ्क्रमित छन् ।

त्यस्तै आज २ हजार २२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा ७ लाख १० हजार ४५२ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् ।


त्यस्तै पछिल्लाे २४ घण्टामा थप २७ जनाको काराेना सङ्क्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म काराेना सङ्क्रमणबाट कुल १० हजार ६९० जनाकाे मृत्यु भइसकेका छ ।

हाल दशभर सघन उपचारकक्ष (आइसीयू)मा ६१५, भेन्टिलेटरमा १७४, होम आइसोलेशनमा ३३ हजार ८३५, संस्थागत आइसोलेशनमा तीन हजार ३१ र क्वारिन्टिनमा ३४६ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्रा र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।