थप ३ हजार ४०३ जनामा सङ्क्रमण पुष्टी, ४२ काे मृत्यु



२ भदाै । पछिल्लो २४ घण्टामा थप तीन हजार ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कुल ११ हजार ८३९ पिसीआर परीक्षणमा दुई हजार ६१३ र चार हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै पिसीआर परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या सात लाख ३९ हजार ९०७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७७ हजार ६२६ छ ।


यस्तै गत २४ घण्टामा थप २ हजार १०४ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार १७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४२ जनाले काराेनाकाे कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । याे संगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या १० हजार ३९६ पुगेको छ

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ रहेको छ । हाल ३३ हजार ८०८ होम आइसोलेशनमा तथा तीन हजार ५३२ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७७० आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् ।