टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै



जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।

चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्य पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, पाँच रजत र नौ कास्य प्राप्त गर्न सफल भएको छ ।


यस्तै अस्ट्रेलिया १४ स्वर्ण, तीन रजत र १४ कास्य पदक प्राप्त गर्दै चौंथो स्थानमा उक्लेको छ ।