५ भदाै । जापानबाट दुई लाख मात्रा अष्ट्राजेनिका खोप काठमाडाैं ल्याइएकाे छ । विहान ९:३० बजे कतार एयरबाट खोप भित्रिएको हाे । कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई जापानले १६ लाख खोप दिने प्रतिबद्धता अनुरुप सो खोप आइपुगेको हो । यसअघि ८ लाख ४७ हजार ३२० डोज खोप काठमाडौं आइपुगेको थियो ।
आज २ लाख ८ हजार ७ सय खोप आइपुगेको र बाँकी नौ लाख ४८ हजार ७ सय वटा खोप भने भदौ ७ गतेसम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वितरण शाखाका वरिष्ठ फर्मासिष्ट बडेबाबु थापाले जानकारी दिए ।
यस्तै, आज ल्याइएकाे खाेप प्रदेश १ र २ मा ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्डको दोश्रो खेपको खोपको रुपमा दिइने मन्त्रालयका वाल स्वास्थ्य तथा खोप शाखाका खोप अधिकारी डा. भरत भण्डारीले बताए ।