जसपा निर्वाचन आयोगमा अध्यावधिक



२५ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका ३५ सदस्यीय कार्यकारिणी समितिलाई अध्यावधिक गरेको छ ।

जसपाले महन्थ ठाकुरसहितका १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाउन गरेको निर्णयलाई आयोगले अध्यावधिक गरेको हो । यो निर्णयसँगै ठाकुर पक्षका १६ सदस्यीय कार्यकारिणी समितिका सदस्य स्वतः हटेका छन् भने ठाकुरको जसपा अध्यक्ष पद पनि गुमेको छ ।


आयोगले यही साउन ११ गते जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको केन्द्रीय कार्यकारिणी समितिका अध्यावधिक गर्न पत्र आयोगलाई पत्र पठाएका थिए । जसपाको निर्णयलाई आयोगको आज भएको बैठकले अध्यावधिक गरिएको आयोगले जनाएको छ ।