छाब्दीमा आएको बाढीले डाइभर्सन बगायो



१४ भदाै । व्यास नगरपालिका वडा नं १ र १३ जोड्ने छाब्दी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण छाब्दी खोलामा आएको बाढीले त्यहाँ निर्माण गरिएको डाइभर्सन बगाएको हो ।

गत असार १७ गते आएको बाढीले पक्की पुल भत्काएपछि नगरपालिकाले उक्त ठाउँमा असार २७ गतेदेखि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराइएको थियो ।


केही दिनदेखि परेको वर्षापछि आएको बाढीले डाइभर्सन पनि बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ । उक्त ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । दुवैतर्फ जीप निर्माण सम्पन्न भइसकेको छ ।