काबुल बम विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो



११ भदाै । बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित ६० जनाकाे मृत्यु भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १३ जना सैनिकको मृत्यु भएको र  १५ जना घाइते भएको जनाएको छ।

बिहीबार साँझको बिस्फोटको जिम्मा मुस्लिम आतंकवादी समूह स्लामिक स्टेटले लिएको छ। अफगानिस्तानमा रहेका आफ्ना समर्थकहरूका लागि उक्त बिस्फोट गरिएको उक्त समूहले बताएको छ।


यसअघि बिहीबार बिहानै अमेरिका, बेलायत, अष्ट्रेलियालगायत मुलुकले गुप्तचरको सूचनाका आधारमा काबुल विमानस्थलमा आतंकवादी हमला हुन सक्ने भएकाले सचेत रहन आफ्ना नागरिकलाई आग्रह गरेका थिए।