थप १३८८ जनामा सङ्क्रमण पुष्टी, २४ काे मृत्यु



१३ भदाै । पछिल्लो २४ घण्टामा थप एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयकानुसार ७ हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र ३ हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १७४ सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७ लाख ५९ हजार २२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ७ लाख १२ हजार ७१२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७१४ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३२ हजार ७४४ जना होम आइसोलेशन, ३ हजार ५२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ६२५ जना आइसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर ३४३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ७९६ जना छन् ।