कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन



८ भदाै । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।


काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै साउन ३१ देखि हुन लागेको कक्षा १२ काे परीक्षा स्थगित भएको थियो । स्थगित भएकाे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी भएकाे शिक्षा मन्त्रालयले बताएको छ ।