१ भदाै । नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ । नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको सङ्ग्रहालयको आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरेका छन् । उनले सङ्ग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्ने सहयोग मिल्ने बताएका छन् ।
प्रधानन्यायाधीश राणाले न्यायपालिकाका ऐतिहासिक वस्तु सङ्कलन गरेर सङ्ग्रहालयलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । न्यायिक सङ्ग्रहालय स्थापनामा संयोजकको रुपमा काम गरेकि न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक विषय सङ्ग्रहित गरेर राख्नुपर्ने बताएकि छिन् । उक्त सङ्ग्रहालय नेपालको न्याय र कानून क्षेत्रको विकासको सजिव इतिहास बन्ने विश्वास व्यक्त गरेकि छिन् ।
न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्री, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ । सङ्ग्रहालयमा करिब ३५० सामग्री तयार पारिएको छ । प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ । भौतिक संरचना स्थापनापछि सबै सामग्री र थप सामग्रीसमेत गरी डिजिटल सङ्ग्रहालयको स्थापना गरिने मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले जानकारी दिएका छन् । कार्यक्रममा सङ्ग्रहालय स्थापनामा सहयोग पु¥याउने पदाधिकारी तथा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।