६ भदाै । काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नेकपा एमालेमै रहेको उनको सचिवालयले स्पष्ट गरेको छ । गौतमको स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गरी नेकपा (एकीकृत समाजवादी)को ब्यानरमा गौतमको तस्वीर राखिएको प्रति आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा (एकीकृत समाजवादी) पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रीत लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’