२,८३८ सङ्क्रमित थपिए, १,४७५ सङ्क्रमणमुक्त



६ साउन । आज देशभर २ हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा २ हजार ८३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

आज पुष्टि भएको नयाँ सङ्क्रमितसँगै देशभर बिरामीको सङ्ख्या ७ लाख २४ हजार ४५५ पुगेको छ भने ६ लाख ३६ हजार ४०२ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीे जानकारी दिएका छन् ।


अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८३२ रहेको छ । उनका अनुसार नेपालमा सङ्क्रमणदर १९.२ प्रतिशत रहेको छ । पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई सङ्क्रमण भइरहेको उनले बताए । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा सङ्क्रमण पुष्टी भइरहेको छ ।

यस्तै गत २४ घण्टामा थप ३० जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । याे संगै काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ६३७ पुगेकाे छ ।