सुनको भाउ बढ्दा चाँदी घट्यो



२३ असार । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य बुधबार थप प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएकाे छ । मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । 
चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।