सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय, एमाले कार्यदल विघटन



१ साउन । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताको उपस्थितिमा शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी  बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ।  पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने  निर्णय गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।


त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद व्यक्त गरेको छ ।