विश्वासको मत पाएलगत्तै मोदीले दिए देउवालाई बधाई



४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन्। प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन् ।

सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री देउवासँगको सहकार्यका निम्ति आफू प्रतीक्षारत रहेको बताएका छन् ।


त्यसैबीच प्रधानमन्त्री देउवाले पनि शुभेक्षाका निम्ति प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाटै उनले दुवै देशबीचको सम्बन्धलाई सबल तुल्याउन प्रधानमन्त्री मोदीसँग निकट सम्पर्कमा रहेर काम गर्ने आफ्नो अभिलाषा प्रकट गरेका छन् ।