मेलम्चीमा फेरि बाढी, सतर्क रहन आग्रह



विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो। 

यसअघि क्षति पुर्‍याएका सबै स्थानमा शनिबारको बाढीले थप क्षति पुर्‍याएको छ। बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्कलगायत क्षेत्रमा पसेको छ। ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन्। 


शनिबारको बाढीले मानवीय क्षति भने पुर्‍याएको छैन।